स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर, कोरियन लक्जरी एसयूभी र एक्सयूभीमा ३ लाखसम्मको छुट
नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट”अफर ल्याएको छ । ग्राहकहरूले यस अफर अन्र्तगत कोरियन लक्जरी एसयूभी र एक्सयूभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथा एक्सएलभीसँग एक्सचेञ्ज गरेबापत दुई लाख एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु)लाई थप एक लाख डिस्काउन्ट दिने जनाएको छ ।
साथै आइएमएस मोटस स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।
–एक वर्ष निःशुल्क बीमा
–२५ हजार बराबरको निःशुल्क एक्सेसरिज
–सात बर्ष सजिलो फाइनान्स
–तीन वर्ष वारेन्टि
–निःशुल्क सर्भिसिङ्ग (४ पटक वारिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म)
यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २०गतेसम्म मात्र हुने कमपनीले जनाएको छ ।
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ