धरान उपमहानगरको कर तथा राजस्व अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।
इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सकिनेछ ।
इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ ।’
नगरबासीले दुई तरिकाबाट इसेवा मार्फत भुक्तानी गर्न सकिनेछ । नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन