शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले उडान प्रभावितः फ्लाई दुबई लखनउ डाइभर्ट

मङ्गलबार, ०६ असोज २०७७, २० : २२
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ । यो एयरलाइन्स लखनउ डाइभर्ट भएको छ । नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको जनाइएको छ । निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप