शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. केसीले लिए स्वेच्छिक डिस्चार्ज

मङ्गलबार, ०६ असोज २०७७, १९ : ३६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । डा.गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पुर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । 

केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो । केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा. केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप