शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

कोरोना खोपबारे सुझाव दिन ५ सदस्यीय कार्यदल गठन

मङ्गलबार, ०६ असोज २०७७, १९ : ३७
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । सरकारले कोरोनाभाइरस विरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा सुझाव दिन ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य सेवा विभागका तत्कालिन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा.श्यामराज उप्रेती संयोजक रहेको ५ सदस्यीय कार्यदल गठन गरेको हो । 

५ सदस्यीय कार्यदलले विश्वमा अहिले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोपहरूको बारेमा अध्ययन गर्नेछ । कार्यदलले नेपालले कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपको परीक्षणमा कसरी भाग लिन सक्छ र कसरी खोपहरु प्राप्त गर्न सक्छ भन्ने बारेमा सुझाव दिने छ ।

कार्यदल सदस्यहरूमा बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.गरीबदास ठाकुर र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली रहेका छन् । त्यस्तै कार्यदलको सदस्य सचिवको जिम्मेवारी भने परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक शर्मागौतमलाई दिइएको छ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप