जिउँदो ‘सुनगोहोरो’ बेच्न १५ लाखमा डिल, २ जना पक्राउ
काठमाडौं । दुर्लभ वन्यजन्तु ‘सुनगोहोरो’ बेच्न खोज्ने दुईजनालाई प्रहरीले काठमाडौंको मुलपानीबाट पक्रेको छ । महानगरीय प्रहरी वृत बौद्धले कागेश्वरी मनोहरा–६ मुलापनीबाट रामेछाप गोकुलगंगा घर भएका बिशाल तामाङ र सुभाष तामाङलाई पक्रेको हो ।
प्रहरी निरिक्षक कृष्ण श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनीहरुको साथबाट एउटा जिउँदो सुन गोहोरो बरामद गरेको छ । सुनगोहोरो १५ लाखमा ‘विक्री डिल’ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा–६ का मोहन तामाङको कोठाबाट दुई कारोबारी पक्राउ परेका हुन् । दुर्लभ बन्यजन्तु सुनगोहोरो कारोबारमा संलग्न मोहन भने भागेका छन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले बरामद गरेको सुनगोहोरो १ दशमल ५ इन्च लामो छ । सो बन्यजन्तुको प्रमाणिकरण र कानुनी कारवाहीका लागी प्रहरीले कारोबारीहरुलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम