मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको सडकमा रहेका भोकालाई रोटरीको साथ

मङ्गलबार, ०६ असोज २०७७, १८ : ५६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड १९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुकहरु प्रभावित छन्, जसमा नेपाल पनि अछुतो रहेन । नेपाल सरकारले गत वर्ष चैत्र ११ गते लकडाउनको घोषणा गरेपछि सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुरहरु र सडकमा जीवन बिताउने मानिसहरु भए । कोभिड १९ का संकटमा काठमाडौंका सडकहरुमा रहेका भोकाहरुलाई र मजदुरहरुलाई दैनिकएक छाक खुवाउने उदेश्यले रोटरी क्लब अफ काठमाँडौ हाइट र रोट¥याक्ट क्लब अफ काठमाडौं मिड टाउनले संयुक्त रुपमा मिसन १ लाख मिल सञ्चालन गरेको छ । 

यसै कार्यक्रम अन्र्तगत पहिलो चरणमा आज काठमाडौंको खुलामञ्च, थहिटी, ठमेलको जे पी मार्ग, कमलादी गणेशथान, सामाखुशी, सोह्रखुटे, जमलका विभिन्न ठाँउहरुमा जम्मा ७ सयजना लाई निशुल्क पौष्टिक खाना खुवाइएको छ । उक्त कार्यक्रम १ लाख निशुल्क खाना खुवाउने लक्ष्य प्राप्त नभएसम्म जारी रहने रोटरी क्लब अफ काठमाँडौ हाइट का अध्यक्ष समिर नेपालले बताए ।

लकडाउनको सुरुवाती दिनहरुमा पिए नेपालकी अध्यक्ष इन्दिरा रानामगरले आफ्नै पहलमा यो योजनाको सुरुवात गरेकी हुन् । संकटको समयमा सडकका भोका र घरबारबिहिनको उल्लेख्य संख्या देखेर रोटरी क्लब अफ काठमाडौं हाइटले यो अभियान सुरु गरेको हो भने यस अभियानलाई रोटरी ५०२० युएस ए/क्यानडा र  रोटरी ५०३० युएस एले पनि सहयोग गर्दे जाने जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप