केन्द्रीय संस्करण

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी चौंथो बर्षमा प्रवेश

person explore access_timeअसोज ६, २०७७ chat_bubble_outline0

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौंथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । 

कम्पनीले कारोवार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाईमा बिस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ । 

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

तेश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.