बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारले सार्वजनिक गर्‍यो शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना

मङ्गलबार, ०६ असोज २०७७, १८ : ३५
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी-शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ ।

आज (मंगलबार) भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए । शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास नमुना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए ।

सरकारले यसअघि नै असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ । महामारीका विषयलाई एकिकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकोले अन्तर मन्त्रालय र सम्बन्धित निकायसँगको छलफल पछि कार्ययोजना निर्माण गरिएको हो । मन्त्रिपरिषद्को गत असोज १ को निर्णयबाट विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ स्वीकृत भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप