बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा किया सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार

मङ्गलबार, ०६ असोज २०७७, १८ : ३६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभी पछिको तेस्रो गाडी हो । 

सब–४ मिटर एसयूभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेजा, टाटाको नेक्सन, हुन्डाइको भेन्यू तथा महिन्द्राको एक्सयूभी३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको छ । 

कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको थियो । यसको बेस एचटीई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकेको छ भने उपलब्ध सुविधाका आधारमा जिटीएक्स प्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।  

सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ । 

सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटीई, एचटीके, एचटीकेप्लस, एचटीएक्स, एचटीएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटीई, एचटीके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटीकेप्लस र एचटीएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेसगोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ । 

यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल÷अरोरा ब्ल्याकपर्ल, बेस गोल्ड÷अरोरा ब्ल्याकपर्ल र इन्टेन्स रेड÷अरोरा ब्ल्याकपर्ल रंगमा छन् ।

सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जिटीएक्सप्लस (जिटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ । यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन् । भित्री भागको हकमा विशेष किसिमका जिटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ । 

सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउण्ड मुड ल्याम्प, कुलिङ फङसन्स्सहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायरलगायत विशेषता छन् । 

प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबीएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप