शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हस्कभर्नाको स्वार्टपिलेन२५० र भिटपिलेन२५० मोटरसाइकल बजारमा, मूल्य ५ लाख माथि

मङ्गलबार, ०६ असोज २०७७, १८ : १८
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बहुप्रतिक्षित हस्कभर्ना ट्वीन सार्वजनिक गरेको छ । 

स्वार्टपिलेन२५० र भिटपिलेन २५० स्वीडेन मूलको अग्रणी प्रीमियम मोटरसाइकल ब्राण्ड हस्कभर्ना केटीएम गु्रपको एक अंश हो र यसलाई हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा ल्याएको हो । कम्पनीले केटीएम ब्राण्डको अभूतपूर्व सफलतालाई कम्प्लीमेन्ट गर्नलाई हस्कभर्ना ल्याएको हो ।

हस्कभर्ना मोटरसाइकल केटीएमको शोरूमबाट बेचिने कम्पनीले जनाएको छ । जुन केटीएम र हस्कभर्ना दुवै ब्राण्ड बिक्री गर्नको लागि अपग्रेड गरिएको छ । 

हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रीमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकल भन्दा अत्यन्त भिन्न छ । स्वार्टपिलेन२५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पोज टायरको साथ आउँदछ र अन र अफ(रोड दुवै यात्राहरूको लागि उपयुक्त छ । भिटपिलेन२५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिंग पोजिसन छ ।

२५० सीसीले प्mयूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल(सिलिण्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गर्दछ । जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ, जसले गतिशीलता र रोमाञ्चले भरिएको सवारीको अनुभव दिन्छ । कम्प्याक्ट चेसिस डिजाइन, डब्लुपी सस्पेन्सन र प्रीमियम गुणस्तरको कम्पोनेन्टहरूकोसाथ, हस्क्वाभर्ना ट्वीनस्ले डायन्नामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीको दावी छ ।
कम्पनीले स्वार्टपिलेन२५० र भिट्पिलेन२५० को विशेष परिचयात्मक मूल्य पाँच लान ६९ हार नौं सय  निर्धारण गरेको छ ।

हस्कभर्र्ना विश्वको सबैभन्दा पुरानो मोटरसाइकल ब्राण्ड हो र यो सन् १९०३ देखि निरन्तर उत्पादन भइरहेको छ । यसले मोटोक्रस रेसिङ्गमा संसारमा वर्षौको आफ्नो अधिपत्य जमाउँदै आएको छ । आफ्नो अभूतपूर्व स्विडिस निर्माण र शिल्प कौशलका साथ प्रिमियम उच्च प्रदर्शन मेशीनहरु उत्पादन गर्नको लागि पश्चिमी विश्वमा यसले आइकनीक स्थान हासिल गरेको छ ।

केटीएमले यसको उच्च प्रदर्शन स्पोर्टस मोटरसाइकलको साथ ठूलो सफलता हासिल गरेको छ । जीवनशैलीको सेग्मेन्टलाई लक्षित गरेर हंसराज हुलासचन्द एण्ड कम्पनीले केटीएमको सफलतालाई हस्कभर्र्ना मोटरसाइकलहरूको साथ दोहोराउने योजनामा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप