शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुपचुप सारा !

मङ्गलबार, ०६ असोज २०७७, १८ : ०६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा भित्रिएका आशालाग्दा अभिनेत्री मध्यकी एक हुन् सारा सिर्पाली । सुन्दरता र अभिनयका कारण छोटो समयमा राम्रो चर्चा बटुल्न सफल उनको फिल्मी करियर सोचेजस्तो उभो लाग्न सकेन ।

अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्म पनि निखिलकै साथ ‘पिंजडा ब्याक अगेन’ गरिन् । यी दुबै फिल्मले उनलाई ब्यवसायिक सफल भने दिलाउन सकेन । तर पनि उनको हातमा एकपछि अर्काे फिल्म परिनै रह्यो ।

तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’ अभिनय गरेकी साराले यो फिल्मबाट पनि सफलता हात पार्न सकिनन् । यो फिल्म रिलिज समय फिल्मको कारणले भन्दा उनको चर्चा अनमोल केसीसँगको प्रेमको कारणले बढी भयो । अनमोलसँगको प्रेमलाई उनले भने हल्ला मात्र भएको बताएकी थिइन् ।

लगातार तीन फिल्म् दिएकी सारा अहिले गुपचुप बसेकी छन् ।  कोरोनाको कहरका समय कतिपय अभिनेत्रीहरु आफुले यतिवटा फिल्म साइन गरे, यतिवटा फिल्मका स्क्रिप्त पढ्दैछु भनेर प्रचार गरिरहेका छन् । उनी भने गुपचुप बसिरहेकी छन् । लकडाउन अगाडि फिल्म ‘गुञ्जन’ को छायांकन सकेर बसेकी उनी साइलेन्स बस्नुको पछाडि केही महत्वपूर्ण फिल्महरु हुन सक्ने अनुमान फिल्म क्षेत्रमा गर्न थालिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप