शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुपुग्यो

मङ्गलबार, ०६ असोज २०७७, १७ : ३०
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षीया महिला रहेका छन् । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । 

आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको हो । 

त्यस्तै काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आजसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप