शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा नेपालको शिक्षा क्षेत्रमा भएका पुर्ननिर्माण कार्यको छुट्टै बेभसाइट

मङ्गलबार, ०६ असोज २०७७, १७ : २४
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौँ । भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुर्ननिर्माण प्रयासहरु रबो तयार पारिएको डेडिकेटेड बेभसाइटको शुभारम्भ भएको छ ।

नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल समारोहमार्फत सो बेभसाइटको उदघाटन गरिएको दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुर्ननिर्माण प्रयासहरुअन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो बेभसाइटमा रहने बताइएको छ । अंग्रेजी र नेपाली दुवै भाषमा रहेको सो बेभसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुर्ननिर्माण परियोजनाहरु निरन्तरअघि बढिरहेका छन् । विशेषगरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरुमध्ये ४६ हजार घरहरु निर्माण भइसकेको अवस्था छ । 

७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरुसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण÷रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप