बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इलामबाट ५ जना फरार अभियुक्त पक्राउ

मङ्गलबार, ०६ असोज २०७७, १६ : ४२
मङ्गलबार, ०६ असोज २०७७

इलाम । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पाँच जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ गरिएकामध्ये २ जना सामूहिक बलात्कार मुद्दाका छन् । उनीहरु हुन्– चुलाचुली गाउँपालिका घर भएका ३० वर्षीय मिलन राई उर्फ अनिश र ३१ वर्षीय जित कुमार राई । 

०६४ मा झापा साधुहोली जंगलमा महिलालाई सामूहिक बलात्कार गरेका मिलन र जित कुमारलाई ०६७ मा अदालतले ११ बर्ष १ महिना कैद हुने फैसला गरेको थियो । सो घटनामा संलग्न अर्का एकजना अझै फरार छन् । 

सामूहिक बलात्कारमा संलग्न दुई जनासहित ५ फरार अभियुक्तलाई पक्राउ गरेर अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी नवीनराज राईले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा सुर्योदय नगरपालिका घर भएका सन्तोष बस्नेत, हर्कबहादुर लिम्बु र माइजोगमाई गाउँपालिका घर भएका विष्णु कुमार राई छन् । 

३२ वर्षीय सन्तोष ठगी मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई अदालतले २ बर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको छ । 

कर्तव्य ज्यान मुद्दामा माइजोगमाई गाउँपालिका–२ घर भएका विष्णु कुमार राईलाई अदालतले ५ महिना ६ दिन कैद सजाय हुने फैसला गरेको छ । 

त्यस्तै, हातहतियार खरखजना मुद्दाका फरार सुर्योदय नगरपालिकाका ४४ वर्षीय हर्क बहादुर लिम्बुलाई ३ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप