बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

मङ्गलबार, ०६ असोज २०७७, १६ : २३
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । बितको २४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए । 

उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । 

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । 

यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतककाे कुल संख्या ४२९ पुगेको गौतमले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप