शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

मङ्गलबार, ०६ असोज २०७७, १५ : २३
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री भट्टराईले आज शोक विज्ञप्ति जारी गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन स्व शेर्पाले महत्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईले हिमचितुवाका नामले सुपरिचित कीर्तिमानी आरोही शेर्पाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका हुन् । आङरिता शेर्पाको सोमबार बिहान ११ बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो । 
    
कृत्रिम अक्सिजनको सहयोगविना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पालाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७  आश्विन ६ गतेको निर्णयानुसार उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सन्देशमा भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप