बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीलाई ट्रमा सेन्टर पुर्‍याइयो

मङ्गलबार, ०६ असोज २०७७, १४ : ४२
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ । 

डा. केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पु¥याएको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डाक्टर सन्तोष पौडेलकाअनुसार डा. केसीले स्वास्थ्य जाँच गर्न मानेका छैन् ।  ‘उहाँले इच्छा विपरित यहाँ मलाई ल्यायो भन्नु भएको छ,’ उनले भने, ‘उहाँलाई मैले भखरै भेटेको थिएँ, ट्रमा सेन्टर सहज तरिकाले राख्छौँ भनेका छौं ।’  
डा. केसीलाई ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा राखिएको उनले बताए । 

जुम्लाबाट सोमबार नेपालगञ्ज आएका केसीले भेरी अस्पतालको आईसीयूमा पनि अनशन जारी राखेका थिए । आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान डा. केसीले लिरहेका छन् । भदौ ९ गतेदेखि डा. केसी १९ औं सत्याग्रहमा सुरु गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप