मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियाले उच्च अदालतमा जमानतको निवेदन दिइन्, दीपिकासँग यसै हप्ता सोधपुछ गरिने

मङ्गलबार, ०६ असोज २०७७, १४ : ३५
मङ्गलबार, ०६ असोज २०७७

ड्रग्स मामिलामा विगत १४ दिनदेखि जेलमा कैद रिया चक्रवर्तीले बम्बे उच्च अदालतमा जमानको निवेदन दिएकी छिन् । यसअघि रियाको निवेदन तल्लो अदालतबाट दुई पटक खारेज भइसकेको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई दुई दिनको सोधपुछपछि गत सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट उनलाई भायखला जेलमा राखिएको थियो ।

उता दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार करिश्मालाई सोधपुछका लागि बोलाएको छ । स्रोतका अनुसार दीपिकासँग यसै हप्ता सोधपुछ हुने सम्भावना छ ।

दीपिका र करिश्माबीचको ड्रग्सको कुराकानी भाइरल भएको छ । यस्तै रिया चक्रवर्तीकी म्यानेजर जया साहासँग पनि एनसीबी अफिसमा सोधपुछ चलिरहेको छ ।

रियाको जुडिशियल कस्टडी आज समाप्त हुँदैः

ड्रग्स मामिलामा एनसीबीले रिया चक्रवर्तीलाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी ९ सेप्टेम्बरदेखि भायखला जेलमा छिन् । कस्टडी आज समाप्त हुँदैछ । भिडियो कन्फरेन्सिङमार्फत् रियाको अदालतमा पेशी हुनेछ ।

दीपिकाकी म्यानेजर करिश्मा र रियाकी म्यानेजर जया साहा एउटै म्यानेजमेन्ट कम्पनी क्वानमा काम गर्छन् । यो कम्पनीले सेलिब्रिटीलाई ट्यालेन्ट म्यानेजर प्रदान गर्ने गर्दछ । करिश्मा जयाकी जुनियर हुन् । एनसीबीले आज पुनः जया साहालाई सोधपुछका लागि बोलाएको छ । सोमबार उनीसँग चार घण्टा सोधपुछ गरिएको थियो । करिश्मा र जयाबाहेक मंगलबार सुशान्तको म्यानेजरको रुपमा काम गरेकी श्रुति मोदी र क्वानका निर्देशक ध्रुवसँग पनि सोधपुछ गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप