केन्द्रीय कारागारका कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी
काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार (३ असोज)मा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ ।
तर, जेल प्रशासनले उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ । रातोपाटीसँग कुरा गर्दै केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, 'दीर्घरोगी हुनुहुन्थ्यो, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भयो ।’
रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।
तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् ।
‘वुवाको हत्या भएको हो, छानविन हुनुपर्छ’ मृतककी छोरी रश्मिले रातोपाटीसँग भनिन्,–‘घाँटी र टाउकोमा चोट लागेको छ, स्वभाविक मृत्यु होइन ।’
पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए ।
कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् ।
कारागार प्रशासनले परिवारलाई ‘तपाईँको मान्छेको कारोनाको कारण ज्यान गएको’ भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए ।
शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको रातोपाटीकर्मी सुजन पन्तले अस्पतालबाट जानकरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछानेलगायतविरुद्ध मुद्दा दायर
-
सार्क निष्क्रिय अवस्थामा पुगेको र बिम्स्टेक कामकाजी बन्न नसकेकोमा ओलीको चिन्ता
-
केन्द्रीय समितिमा प्रचण्डले भने–विशाल कमिटी चुनौती र अवसर दुवै हो
-
अचानक ट्रम्पलाई भेट्न किन गइन् इटालीकी प्रधानमन्त्री मेलोनी ?
-
७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्ष खोज्दै सत्तारुढ दल
-
नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने प्रचण्ड प्रयास