बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि लामो दुरीमा पनि साझा यातायात चल्ने

मङ्गलबार, ०६ असोज २०७७, १३ : ४९
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ । बुधबार (भोलि) देखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ । बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ । साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप