शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना: नयाँ संक्रमण घट्दै, निको हुने बढ्दै

मङ्गलबार, ०६ असोज २०७७, १३ : ३५
मङ्गलबार, ०६ असोज २०७७

एजेन्सी । भारतमा सोमबार एकै दिन १ लाखभन्दा धेरै बिरामी निको भएका छन् । सोमबार ७४ हजार ४ सय ९३ नयाँ व्यक्तिमा संक्रमण पुष्टि हुँदा १ लाख २ हजार ७० बिरामी निको भए ।  नयाँ संक्रमितको संख्या घट्नु र निको हुनेको संख्या बढ्नु सुखद् खबर हो । ५ दिनअघिसम्म भारतमा अवस्था भयावह थियो, त्यसबेला एकैदिन ९६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो । 

आइतबारसम्म भारतमा १० लाख ४ हजार २ सय ७२ जनामा सक्रिय संक्रमण थियो, सोमबार घटेर ९ लाख ७५ हजार ६ सय २३ पुगेको छ ।  यद्यपि, यस्तो सकारात्मक विकासका बाबजुद भारतमा कोरोनाको कहर नियन्त्रणमा भने छैन । यहाँ ५५ लाख ६२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टि हुने भारत दोस्रो मुलुक हो ।  भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । यहाँ अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप