शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पाबाट ९ किलो अफिमसहित दुई महिला पक्राउ

मङ्गलबार, ०६ असोज २०७७, १३ : १२
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिम सहित दुईजना महिलालाई प्रहरीले पक्रेको छ   पक्राउ पर्नेमा थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्री छन् । इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनिहरुलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो । 

बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

बिना ज्योती रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रिले बोकेको  रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको छ ।  अदालतबाट लागुऔषध मुद्धामा म्याद थपेर उनिहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप