शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने

मङ्गलबार, ०६ असोज २०७७, १३ : ०९
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौँ । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

त्यस्तै, बैठकले असोज २४ तय भएको आधिकारिक ट्रेड युनियनको चुनाव पनि स्थगित गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप