मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालको बेडबाट क्याप्टेन विजय लामाको भिडियो सन्देश : कोरोनालाई हल्का रुपमा नलिऔँ

मङ्गलबार, ०६ असोज २०७७, १३ : ०५
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गरेका हुन् ।

क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको जानकारी दिँदै कोरोना लाग्दैमा भने नआत्तिन आग्रह गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्ः ‘मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ । म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।’

उनले जीवन रहे मात्र सबैथोक रहने भएकोले यस्तो केसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । क्याप्टेन लामाले आफु छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिएका छन् ।  उनले आफू स्वस्थ्य हुनुमा स्टारर अस्पतालका सम्पूर्ण चिकित्सक  टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका क्याप्टेन लामा होटल सोल्टीमा सेल्फ आइसोलेशनमा रहँदै आएको थिए । रोगले बढी गाँज्न थालेपछि अहिले स्टार अस्पतालमा चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप