शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले अवरुद्ध लोकमार्ग खुला

मङ्गलबार, ०६ असोज २०७७, १२ : ३६
मङ्गलबार, ०६ असोज २०७७

बाग्लुङ । बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध  मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारी साधन बीचमै रोकिएका थिए ।

पहिराका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ । घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकमा आश्रय लिइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप