सेयर बजारमा लगानीकर्ताका सङ्घ धेरै भए, बजारको निष्पक्षतामै शङ्का
कोरोना महामारीको प्रभावबाट धेरैजसो देशलाई छोएको छ । अहिले सबैतिर कोभिडको प्रभाव परेको र अर्थन्त्र डामाडोल भएको अवस्थामा पनि सेयर बजारमा किन उछाल आइरहेको छ भन्ने विषयमा आम चासो छ ।
सबैतिर प्रभाव पारेको अवस्थामा सेयर बजार घट्नै पर्ने हो भन्ने एउटा अनुमान मात्र हो । घटेको भए हामी त्यसलाई कसरी व्याख्या गथ्र्यौं, त्यो फरक पाटो हो । जुन विषयमा बढी ध्यान हुन्छ, आश पनि त्यसैमा हुन्छ । अहिले सबै गतिविधि ठप्प भएका बेला लगानीकर्ताको आश स्टक मार्केटमा छ । हामी हाम्रो अनुमान विपरीत बजार गयो भने यो गलत भयो भन्छौँ । आफू अनुकूल बजार भयो भने यो सही हो भन्छौँ । भलै सही वा गलत आफ्ना ठाउँमा हुन् ।
स्टक मार्केट पनि त्यही हो जुन सधैँ आफैँ अनुकूल होस् भन्ने चाहन्छौँ । नेपालमा अर्थतन्त्रका सूचकहरु सबै बिग्रिसकेको अवस्था होइन । प्रायजसो देशहरु नकारात्मकतिर गइरहेको बेलामा पनि नेपालको अहिलेको आर्थिक सूचकबाट आत्तिहाल्नुपर्ने अवस्था देखिँदैन ।
अर्कोतर्फ नेपालको स्टक मार्केट बैङ्क तथा वित्तीय क्षेत्रको बाहुल्यता भएको क्षेत्र हो । बैङ्क तथा वित्तीय क्षेत्रमा कसैले पनि भनेका छैनन् हामी घाटामा गयौँ भनेर भलै उनीहरुको लाभांश दिने क्षमता कमजोर होला । बैङ्क तथा वित्तीय संस्थाले सरकारका तर्फबाट विभिन्न किसिमका छुट पाएर ब्यालेन्ससिट नाफामा राखेका छन् ।
स्टक मार्केटमा प्रभाव पार्ने तत्त्व भनेको बैङ्क तथा वित्तीय क्षेत्र नै हो । रियल सेक्टरको प्रभाव परेको नेपालको सेयर मार्केट भएको भए अहिलेको अवस्थामा स्वाभाविक रूपमा त्यसको नराम्रो असर पथ्र्यो ।
जेजति आकर्षण भएका संस्था छन् चाहे ऊर्जा होस् वा बैङ्क वित्तीय । उनीहरुलाई त्यति धेरै मार परेको छैन । स्टक मार्केटमा तत्कालको घटनाले मात्र प्रभाव पार्दैन । अपेक्षामा आधारित बजार पनि हो यो । अहिलेको अवस्थालाई हेरेर मात्र लगानीकर्ताले निर्णय गर्दैनन्, भविष्यलाई पनि हेर्छन् । बजार बन्द हुँदा अहिलेका लगानीकर्ताहरु लामो समयसम्म पर्ख र हेरको अवस्थामा रहे । लगानीकर्ता एक प्रकारले निस्सासिएका जास्ता भए ।
सङ्गठन धेरै हुँदा बजार प्रतिस्पर्धी बन्न सकेन
अहिले बजारमा पढेलेखेका सूचना लिने खालका लगानीकर्ता धेरै छन् । उनीहरु विभिन्न नामका सङ्गठन खोलर सीधै प्रधानमन्त्रीसँग भेट्ने पहुँचका लगानीकर्ता छन् । पहिले सीमित सुसूचित लगानीकर्ता थिए । अहिले राजनीतिक रङ्गले भरिएका लगानीकर्ता पनि छन् । अरू ठाउँमा यति धेरै सङ्गठन खोलेर बसेका लगानीकर्ता छैनन् । नेपालमा सेयर लगानीकर्ता सम्बद्ध विभिन्न सङ्घसङ्गठन छन् । उनीहरुका पक्षमा नेता पनि छन् । यो नेपालमा मात्र हुने घटना हो । लगानीको निर्णय भनेको व्यक्तिगत निर्णय हो । यसमा सङ्गठन खोल्नु जरुरी छैन । ती लगानीकर्ताहरु फुक्का भए उनीहरुले पनि बजारलाई मनोवैज्ञानिक त्रासबाट फुक्का गर्न खोजे । सङ्घ भएपछि छलफल हुन्छ त्यसले बजार प्रभावित हुन्छ । सामान्यतया प्रतिस्पर्धी बजारमा यस्ता सङ्घको आवश्यक छैन र महत्त्व दिइँदैन पनि । स्टक मार्केट जहाँ किनबेच नितान्त व्यक्तिगत हुन्छ । यस्ता चिज सङ्गठित भएर गर्न लाग्यो भने बजारको विकास हुँदैन । सही मूल्य निर्धारण पनि हुँदैन । तपाईंले कति मूल्य तिर्ने मैलै कति तिर्ने भन्ने कुरा दुई जना मिलेर सङ्गठनात्मक रूपमा भयो भने त्यसले सही मूल्य निर्धारण गर्दैन ।
नेपालको बजारमा सबैभन्दा डरलाग्दो विषय के भएर आएको छ भने किन बजार उचालिरहेको छ । किन पछारिरहेको छ, किन व्यक्तिको मुभ नभई सङ्गठनात्मक मुभमा आइरहेको छ । यो सङ्घको प्रभाव हो । कम्तीमा प्रतिस्पर्धी बजारमा यस्तो हुनुहुँदैन । सेयर, अक्सन, बन्ड जस्ता बजारमा सङ्घ सङ्गठनको जरुरी छैन ।
अहिले यस्ता मान्छेहरुको सङ्गठनले बजारमा प्रभाव पारेका छन् । तिमीहरु यतिमा बेच म यतिमा बेच्छु भनिरहेका छन् । यिनीहरुले मनोवैज्ञानिक प्रभाव के पारे भने यस्तो अवस्थामा पनि सेयरको मूल्य घटेको छैन, बढिरहेको छ ।
राज्यले पनि यिनीहरुलाई महत्त्व दिने, उनीहरु पनि सङ्गठित रूपमा आउने यस्तो वातावरण बन्नु स्वस्थ प्रतिस्पर्धी बजारको लागि घातक छ ।
१८८१ विन्दुमा सेयर किनेका लगानीकर्ता रिकभरी चाहन्छन्
लगानीकर्ताको आत्मविश्वास उच्च हुँदा अहिलेको सेयर बजार बढेको छ । अर्कोतर्फ अर्थतन्त्र धेरै डामाडोल भएको छैन । यस्तै अर्थमन्त्रीबाट डा. युवराज खतिवडा बाहिरिएपछि कम्तीमा अब त सेयरविरोधी अर्थमन्त्री नआउलान् भन्ने मनोविज्ञानले पनि बजार बढ्न काम गरेको छ । अहिले लगानीकर्ताहरुले के सन्देश दिन खोजे भने हाम्रो जोखिम बहन गर्न सक्ने क्षमता उच्च छ भनेर । यसले मात्र बजार बढेको छैन, अहिले वैकल्पिक लगानी गर्ने अवसर पनि छैन । सुनमा लगानी गर्न महँगो छ, डेरिभेटिभ इन्स्ट्रुमेन्ट छैन । बैङ्क तथा वित्तीय संस्थामा पैसा राख्दा ब्याज कम छ । त्यसलै कहाँ लगानी गर्ने नसोची स्टक मार्केटमा आउँछन् । दुई चार रूपैयाँ नै बढ्यो भने पनि अल्पकालीन फाइदा त लिन सकिन्छ । बजार बढ्नुको सैद्धान्तिक लिङ्केज के हो भनेर अहिले खोजिरहेका छन् । जसजसले नोक्सान गरे उनीहरु रिकभरीको आशमा छन् ।
इन्डेक्स लगानीकर्ताले नै बढाउने हो
इन्डेक्स किन बढ्छ ? कारण मूल्य बढिरहेको छ । प्राइस किन बढ्छ, कारण माग बढिरहेको छ । सङ्गठित रूपमा पनि बढाउने घटाउने काम भइरहेका छ/छैन । इन्भेस्टरको भित्री चलखेलमा म खासै जान चाहन्नँ, यो विषयमा मैले त्यति दक्षता राख्दिनँ । कसैले १८८१ अङ्क हुँदा सेयर किनेका छन् उनीहरुले अहिले आधा जति रिकभर गरिसकेका छन् ।
एउटाको नोक्सान हुँदा अर्कोको कमाउने र एउटाले कमाउँदा अर्कोले गुमाउने बजारको नियम नै हो । इन्डेक्स भनेको तिनै लगानीकर्ताले बनाउने हो । न धितोपत्र बोर्डले बनाउँछ, न नेप्सेले, न मन्त्रालय, न राष्ट्र सङ्घले बनाउने हो ।
अहिले स्वच्छ बजार गतिविधि भइरहेको छ कि सङ्गठित रूपमा भइरहेको छ यो शङ्काको विषय हो । स्वच्छ बजार हो भने एउटा खालको विश्लेषण गर्न सकिन्छ । यो सङ्गठित रूपमा सञ्चालित छ भने त्यसको अर्को विश्लेषण हुन्छ । यो सेयर बजारका लागि दुर्भाग्य हो । बजारमा बजारको नियम लागू हुनुपर्छ । कुनै पनि सङ्घसंस्थाको स्वार्थबाट बजार मुक्त हुनुपर्छ । प्रतिस्पर्धी बजारको पक्षधरले जहिले पनि युनियन र सिन्डकेसनको विरोध गर्छ ।
(भट्टले स्टक मार्केमा विद्यावारिधि गरेका छन् । नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएकाभट्ट हाल अध्यापन कार्यमा र नेपाल सरकारको रुग्ण उद्योग पुर्नस्थापना समतिको सदस्यको रूपमा कार्यरत छन् । )
(डा. भट्टसँग एलिजा उप्रेतीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत