बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १७०० घट्यो

मङ्गलबार, ०६ असोज २०७७, १२ : १८
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ।  सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप