शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी घटना : दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन काँग्रेसको माग

मङ्गलबार, ०६ असोज २०७७, १२ : १४
मङ्गलबार, ०६ असोज २०७७

पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको घटना प्रति नेपाली काँग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतका साथीहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको दलको आरोप छ ।

‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो । गुल्मी घटनामा संविधानको मूल्य, मान्यता, मर्म र भावनाको ठाडो उल्लंघन भएको छ । उक्त घटनाले मौलिक हकलाई कुण्ठित गर्ने र नागरिकको आवाजलाई दबाउने कार्य भएको छ । स्थानीय प्रशासन एवं सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ,’ प्रमुख सचेतक खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रहरी प्रशासनको दमनमा परी कांग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायतका साथीहरु घाइते भएका छन् । ‘जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाईते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले जनताका दुःख पिडा र समस्याहरुलाई सम्बोधन गर्नुपर्ने र हालको विषम परिस्थितिमा जनताको जीवन रक्षाका लागि जनउत्तरदायी, गम्भीर र संवेदनशील बन्नु पर्नेमा त्यसको विपरित भ्रष्टाचारमा लिप्त हुने, संविधान विपरिपत कार्यहरुमा अग्रसर छ, जुन सरकारका लागि लजास्पद विषय भएको पार्टीको भनाइ छ ।

सरकारका यस्ता किसिमका गैरजिमेम्वार र गैरकानूनी कार्यको खबरदारी गर्दै गलत कदम रोक्न पार्टीले चेतावनी दिएको छ । गुल्मी घटनाको छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप