मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाको आरोपः ‘बलिउडमा बाहिरबाट आएकालाई यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ’

मङ्गलबार, ०६ असोज २०७७, १२ : १२
मङ्गलबार, ०६ असोज २०७७

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौतले फिल्म उद्योगमाथि लगातार विभिन्न आरोप लगाउँदै आएकी छिन् । 

यसैबीच, अनुराग कश्यपमाथि यौनशोषणको आरोप लागेपछि कंगनाले उनलाई पक्राउ गर्न आग्रह समेत गरेकी छिन् । 

साथै, उनले बलिउडमा आफूले भोगेका कुराहरु पनि शेयर गरेकी छिन् । पायल घोषको आरोपपछि कंगनाले उनमाथि पनि थुप्रै सहकर्मीहरुले यस्तो व्यवहार गरेको खुलाएकी छिन् । 

 

शनिबार अनुराग कश्यपविरुद्ध अभिनेत्री पायल घोषलाई समर्थन गर्दै कंगनाले लेखेकी छिन्, ‘अनुरागले विवाह पछि पनि आफू सन्तुष्ट नभएको विभिन्न मानिसहरुलाई बताएको स्वीकार गरेका छन् । पायलमाथि जस्तो व्यवहार भयो उक्त व्यवहार बलिउडमा सामान्य हो । बाहिरबाट आएर संघर्षरत हरेक अभिनेत्रीलाई यहाँ यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ ।’ 

अनुराग कश्यप र कंगना रनौतबीच ट्विटरमा प्रायः एक अर्कालाई दोषारोपण भइरहन्छ । रनौत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको मुख्य समर्थक हुन् भने कश्यप सरकारको तीखो आलोचना गरिरहेका हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप