बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला
गुल्मीको पहिरोमा हिजो साँझ खि बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी दुई जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तका अनुसार बेपत्ता हुनेहरू स्थानीय ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमाल हुन् ।
तम्घास रातडाँडा सडक खण्डमा पहिरोले बगाएर छल्दी पनाह खोलामा बेपत्ता भएका उनीहरुको शवलाई नेपाली सेना वीरभद्रजङ्ग गुल्म धागिथुम ब्यारेकबाट खटिएको टोलीले फेला पारेको गुल्मपपनि सेनानी भुपेन्द्र गुरुङले जानकारी दिए ।
सङ्गै बाटोमा हिँडेका एक जना भने बाँच्न सफल भएका छन् । अवरुद्ध सडक सुचारु गर्न डोजर लगाएको अध्यक्ष टीका रेस्मिले जानकारी दिए । त्यो सडक अबरुद्ध भए पनि तम्घासबाट मुसिकोटतर्फ जाने सामाचौर भाडगाउँ सडकबाट गाडी आवतजावत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र