फिल्म ‘हिँड्दा हिँड्दै’ शुभमुर्हूत
काठमाडौं – फिल्म ‘हिँड्दा हिँड्दै’ बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको शुभमुहुर्त गरिएको छ ।
कोरोनाको कहरका कारण बिगत ६ महिनायता फिल्मी सम्बन्धि औपचारिक कार्यक्रम आयोजना भएको थिएन । ‘हिड्दा हिड्दै’ले भने स्वस्थ्य सुरक्षाका उपाया अपनाएर भौतिक दुरी कायम राख्दै शुभमुर्हुत समेत गरेको छ । मुर्हूत कार्यक्रममा फिल्मका कलाकार, पत्रकार र प्राधिकिहरुको उपस्थिती रहेको थियो ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशन रहेने ‘हिड्दा हिड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाको अलवा नवनायिकाको रुपमा रेखा शाहको अभिनय रहनेछ ।
प्रेमकथामा बन्न लागेको फिल्म असोज दोश्रो साताबाट छायांकनका लागि फ्लोरमा जाने कार्यक्रममा जानकारी दिइयो । दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता, सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मको लेखन पंगेनीले नै गरेका हुन् ।
काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप, निरञ्जन घिमीरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहनेछ ।
सुमनकुमार तण्डुकारको छायाँकन रहने फिल्ममा मुख्य सहायक निर्देशकमा यम भण्डारी र राजकुमार थिंङ अनि सहायक निर्देशकमा भुपेन्द्र भुजेल र फणिन्द्र बोहरा छन् ।
कार्यक्रममा अभिनेता आकाशले फिल्ममा आफ्नो लभर ब्वाइको भूमिकामा रहेको सुनाए । त्यसैगरी अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताउदा नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा मेस्सीसँगै एमबाप्पे र यामल पनि
-
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
-
सहकारी ठगीको ‘इपिसेन्टर’ गण्डकी
-
रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु
-
एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो