शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘हिँड्दा हिँड्दै’ शुभमुर्हूत

मङ्गलबार, ०६ असोज २०७७, ११ : ३९
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं – फिल्म ‘हिँड्दा हिँड्दै’ बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको  शुभमुहुर्त गरिएको छ । 

कोरोनाको कहरका कारण बिगत ६ महिनायता फिल्मी सम्बन्धि औपचारिक कार्यक्रम आयोजना भएको थिएन । ‘हिड्दा हिड्दै’ले भने स्वस्थ्य सुरक्षाका उपाया अपनाएर भौतिक दुरी कायम राख्दै शुभमुर्हुत समेत गरेको छ । मुर्हूत कार्यक्रममा फिल्मका कलाकार, पत्रकार र प्राधिकिहरुको उपस्थिती रहेको थियो ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशन रहेने ‘हिड्दा हिड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाको अलवा नवनायिकाको रुपमा रेखा शाहको अभिनय रहनेछ । 

प्रेमकथामा बन्न लागेको फिल्म असोज दोश्रो साताबाट छायांकनका लागि फ्लोरमा जाने कार्यक्रममा जानकारी दिइयो । दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता,  सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मको लेखन पंगेनीले नै गरेका हुन् ।
काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप, निरञ्जन घिमीरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहनेछ । 

सुमनकुमार तण्डुकारको छायाँकन रहने फिल्ममा मुख्य सहायक निर्देशकमा यम भण्डारी र राजकुमार थिंङ अनि सहायक निर्देशकमा भुपेन्द्र भुजेल र फणिन्द्र बोहरा छन् ।  

कार्यक्रममा अभिनेता आकाशले फिल्ममा आफ्नो लभर ब्वाइको भूमिकामा रहेको सुनाए । त्यसैगरी अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताउदा नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप