मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिपुरबाट नेविसंघका ३ जना कार्यकर्ता गिरफ्तार

मङ्गलबार, ०६ असोज २०७७, ११ : ३८
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रहरीले नेविसंघका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा  र रुपेश शाह छन् ।

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ । मंगलबार त्रिविअगाडी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यले रातोपाटीलाई बताए ।

गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख नियुक्त गर्दा मनोमानी गरेको र अनलाइन कक्षा प्रभावकारी बनाउन नसकेको लगायत असन्तुष्टि राखेर नेविसंले त्रिविमा आन्दोलन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप