बाग्लुङको राक्सेमा पहिरो, चार घर विस्थापित
बाग्लुङको बडिगाड गाउँपालिका–२ राक्से गाउँमा माथिबाट आएको बाढि र पहिरोले क्षति पुराउँदा चार घर परिवार विस्थापित भएका छन् । मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जीतबहादुर वि.क., धन बहादुर घर्ती र धनबहादुर थापाको घर पहिरोले उच्च जोखिमा पुराएपछि ती परिवार विस्थापित भएका हुन् ।
सल्लेरीको जंगलमा गएको पहिरो विचमै थुनिएर पानिसहित खसेपछि ती घर परिवार विस्थापित भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।
पहिरो र बाढीले पोलसहित तार पनि बगाएकोले स्थानीय लघु जलविद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्याङ्की पनि बगाएकोले खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ ।
यहीबीच सो पहिरोले १५ घण्टादेखि पूर्ण अवरुद्ध बनाएको मध्यपहाडि लोकमार्ग भर्खरै एकतर्फी रुपमा सञ्चालनमा आएको छ । विहानैदेखि स्काभेटरको प्रयोग गरेर एकतर्फी सडक खुलाइएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल