केन्द्रीय संस्करण

६० वर्षका पूर्व कार्यकारी अधिकारीले पुशअप गरेर मागे जागिरः भने, ‘अहिले पनि फिट’

person explore access_timeअसोज ६, २०७७ chat_bubble_outline0

भनिन्छ उमेर एउटा अंक मात्रै हो, यदि तपाईंभित्र केही गर्ने उत्कट चाहना छ भने तपाईंले जुनसुकै उमेरमा जे पनि हासिल गर्न सक्नुहुन्छ । यस्तै ष्गरेका छन् स्कटल्याण्डमा जन्मिएका ६० वर्षका पाल मार्क्सले । लकडाउनका बेला मार्क्सको जागिर गुमेको थियो र बढ्दो उमेरसँगै उनले काम पनि पाइरहेका थिएनन् । तर उनले हार मानेनन्, ६० वर्षको उमेरमा पनि यति कति फिट छन् भनेर देखाउन उनले सोसल मिडियामा पुशअप गरेको भिडियो सेयर गरे । त्यसपछि उनको पछाडि जागिरको लाइन लाग्यो ।

पश्चिमी बेलायतको लंकाशायरमा बस्ने पल मार्क्स पाँच महिना अघिसम्म पनि दुबईको क्रियोल ग्रुपका मुख्य सञ्चान प्रबन्धनको पदमा कार्यरत थिए । तर लकडाउनका कारण उनको रोजगारी गुम्यो । त्यसपछि मार्क्सले दुबई, बेलायत, स्पेनजस्ता देशमा जागिरको आवेदन दिए । तर उमेरका कारण उनले काम पाएनन् ।

पल मार्क्सलाई ६० वर्षमा पनि उनी पूर्ण रुपमा फिट छन् भनेर प्रमाणित गर्नुथियो । त्यसपछि उनले लिङ्क्डइनमा एउटा भिडियो पोस्ट गरे । जसमा उनले सुट–बुट लगाएर पुशअप गरिरहेका थिए । यो भिडियो भाइरल हुनेबित्तिकै उनले जागिरको थुप्रै प्रस्ताव पाए ।

मार्क्सले आफू दैनिक ५० पुशअप र हप्तामा ३० किलोमिटर दौडने गरेको बताए । उनका अनुसार उमेर कहिले पनि क्षमता वा उत्पादनशिलता मापन गर्ने माध्यम हुन सक्दैन र ६० वर्ष नाघेपछि सबैले पत्रिका पढेर वा टिभी हेरेर नै आफ्नो दिन बिताउनुपर्छ भन्ने कुरामा पनि उनी विश्वास राख्दैनन् ।

लिङ्क्डइनमा मार्क्सको यो भिडियोलाई थुप्रै लाखपटक हेरिसकिएको छ । थुप्रै अफिसले उनलाई जागिरको प्रस्ताव दिए जबकी भिडियो राख्नुअघि ५० भन्दा बढी कम्पनीले उनको सिभी अस्विकार गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.