शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद बैठक

मङ्गलबार, ०६ असोज २०७७, ०९ : २६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक ममन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद बैठक नियमित भएको पनि ती मन्त्रीको भनाइ छ ।

सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुनेछ ।

 यसैबीच मंगलबारै नेकपाको सचिवालय बैठक पनि बस्दैछ । साढे १२ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने गरी स्थगित भएपनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो । नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताका बाँकी काम लगयतबारे छलफल गर्ने कार्यसूची छ ।

सचिवालय बैठकले मापदण्ड तय गरेर नेकपाले मन्त्रीहरुको हेरफेर गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप