मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा जासुसीको आरोपमा अमेरिकी प्रहरी पक्राउ

मङ्गलबार, ०६ असोज २०७७, ०९ : ११
मङ्गलबार, ०६ असोज २०७७

अमेरिकाको न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) का एक अधिकारीमाथि चीनको अवैध एजेन्टको रुपमा काम गरेको आरोप लागेको छ ।

तिब्बतमा जन्मिएका बेमाडाजिए अङ्गवाङ्गले न्यूयोर्कमा भएका चिनियाँ नागरिकको गतिविधिमाथि निगरानी गरेको र योसँग सम्बन्धित जानकारी रिपोर्ट गरिरहेको आरोप लागेको छ । उनीमाथि तिब्बती समुदायबीच गोप्य जानकारी जुटाउनका लागि सम्भावित स्रोतबारे पत्ता लगाएको आरोप पनि छ ।

एनवाइपीडीको सामुदायिका मामिलाको युनिटका लागि काम गर्ने बेमाडाजिए अङ्गवाङ्गले अमेरिकी नागरिकता लिएका छन् । उनलाई सोमबार पक्राउ गरिएको थियो । यदि उनी दोषी पाइए उनलाई ५५ वर्षसम्म कैद सजाय सुनाइने सम्भावना छ ।

अभियोजन पक्षका अनुसार उनी ‘यूएस आर्मी रिजर्व’ का लागि पनि नागरिक मामिलाका विशेषज्ञको रुपमा काम गर्छन् । उनीमाथि चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारी सम्पर्क भएको आरोप लगाइएको छ ।

उनीमाथि शहरमा भएका तिब्बतीहरुबारे जानकारी दिने बाहेक उनले कथित रुपमा चिनियाँ वाणिज्य दूतावासलाई एनवाईपीडीको आधिकारिक कार्यक्रमको निम्तो दिएर उनको पहुँच विभागका वरिष्ठ अधिकारीसम्म सुनिश्चित गरेको आरोप लागेको छ ।

 स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप