४ सय ८८ इन्सपेक्टरको सरुवा (नामावलीसहित)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।
सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुमा जानुका देवी खरेलको सरुवा भएको छ भने साँखुका इन्सपेक्टर गोविन्द पन्थीको मानब बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङलाई पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बृत्ता, पर्सामा राजेश राज पुरीको सरुवा भएको छ । यसअघि पुरी प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा थिए ।
यसैगरी इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय, पटेर्बा, पर्सामा रामकाजी थापालाई पठाइएको छ ।
त्यस्तै चितवनको वडा प्रहरी कार्यालय नारायणगढमा रघु सिंह बिष्ट को सरुवा भएको छ । नारायणगढका इन्सपेक्टर रवीनबाबु रेग्मीलाई महानिरीक्षकको कार्यालय पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण