इतिहासमा आज – सद्दाम हुसैनद्वारा ईरानमाथि आक्रमण

आज २२ सेप्टेम्बर । धेरै दिनसम्म चलेको विवादपछि ईरान र ईराकबीच सन् १९८० मा युद्ध सुरु भयो । सद्दाम हुसैन नेतृत्वको ईराकले त्यतिबेला ईरानमाथि हमला ग¥यो, जतिबेला पलभी वंशका मह मोहम्मद रेजा शाहलाई हटाएर ईस्लामिक गणतन्त्र बनेको ईरान संक्रमणकालबाट गुज्रदैँ थियो । यतिबेला ईरानको कुटनीति निकै कमजोर थियो, अर्थतन्त्र धर्मराउँदो अवस्थामा पुगेको थियो भने सैनिकवृत्तमा पनि अस्थिरता थियो ।
सद्दामले यही मौकाको फाइदा उठाए । ईरानी नेता अयोतुल्लह खुमेनीले खुलेयाम रुपमा सद्दामले ईराकका बहुसंख्यक शिया समुदायलाई दमन गरेको आरोप लगाइरहेका थिए । त्यसैले, क्रान्तिको आगो आफ्नो देशमा नसल्कियोस् भन्नेमा पनि सद्दाम सचेत थिए । उनी मध्यपूर्वमा ईराकको क्षेत्रीय अधिपत्य पनि जमाउन चाहन्थे । यस्तोमा संक्रमणकालबाट गुज्रिएको ईरानमाथि सहजै विजय हातलाग्ने उनको अनुमान थियो । ईरानको अस्थिरताको फाइदा उठाएर युद्धको सुरुवातमा उनले केही ईरानी भूभागमाथि कब्जा पनि जमाए ।
यद्यपि, युद्ध सुरु भएको २ वर्षभित्र ईरानी सेनाले आफ्नो गुमेका क्षेत्रमा फेरि नियन्त्रण जमायो, यतिमात्रै होइन उसले ईराकका केही क्षेत्र पनि कब्जामा लियो ।
अनि, सद्दामले युद्धविरामको आग्रह गरे । तर ईरानले उनको आग्रह अस्विकार गर्दा युद्ध अझै लम्बियो । ७ वर्ष ११ महिनासम्म युद्ध चल्दा ईरानतर्फ २ लाखभन्दा धेरै तथा ईराकतर्फ १ लाख ५० हजारभन्दा धेरै सैनिक मारिए । झन्डै, १ लाख निर्दोष सर्वसाधारण कोपभाजनमा परे । यस युद्धले दुवै देशको जीवन नराम्ररी प्रभावित भयो । दुबै देशका सेनाले एकअर्काका प्रमुख शहर ध्वस्त बनाउने मनसायले आक्रमण गरे । ठूलो आर्थिक तथा मानवीय क्षतिपछि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् १९८८ मा यो युद्ध समाप्त भयो ।
अन्य घटनाक्रम
सन् १५३९ – शिख समुदायका पहिलो गुरु गुरुनानक देवको करतापुरमा निधन । उनले ‘लंगर’ प्रथा सुरु गरेका थिए ।
सन् १७६१– जर्ज तेस्रो संयुक्त अधिराज्य बेलायतको राजा बने ।
सन् १८५७– फिनल्यान्डको खाडीमा लिफोर्ट नामक रुसी युद्धजहाज दुर्घटना हुँदा जहाजमा सवार ८ सय २६ जनाको मृत्यु ।
सन् २०१३– पाकिस्तानको पेशावरस्थित क्रिष्ट्रियन चर्चमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा ७५ जनाको मृत्यु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो