बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पुरिँदा २ जना बेपत्ता

मङ्गलबार, ०६ असोज २०७७, ०६ : ५३
मङ्गलबार, ०६ असोज २०७७

गुल्मी – गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । 

सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । 
 
सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप