केन्द्रीय संस्करण

कोरोना नियन्त्रणमा जापानले के कस्ता उपायहरु अपनाएका छन् ?

person explore access_timeअसोज ६, २०७७ chat_bubble_outline0

 

अहिले ज्यानमारा भाइरस कोरानाले सयौँ मुलुकलाई आफ्नो चपेटामा पारिसकेको छ । धेरै यसबाट पीडित भएका छन्, मरिसकेका पनि छन् । कोराना अहिले जापानमा पनि पसिसकेको छ । अहिले म जापानमा छैन तर मलाई के थाहा छ भने जापानमा यसबाट जोगिन व्यापक तयारी गरिरहेको हुनुपर्छ । विगतमा वर्डफ्लुको व्यापक चर्चा हुँदा म जापानमै थिएँ । त्यहाँ एक–एक कुखुरामाथि र एक–एक मान्छेमाथि दृष्टि पुर्‍याएर बर्डफ्लुका विरुद्ध सचेत भएर त्यसबाट हानी–नोक्सानी हुन नदिएको मैले देखेकी छु ।

हो, शिक्षा र चेतनाले मानिसलाई बढी नाटीकुटी सिकाउँछ । बढी शङ्कालु बनाउँछ । शङ्का र नाटीकुटीले मान्छेलाई समस्याबाट जोगाउँछ कि समस्यामा पार्छ ? शिक्षा छैन, चेतना छैन भनेर रोगाणुहरुले र खतरनाक भाइरसहरुले आक्रमण नगर्ने होलान् त ? शिक्षा र चेतना नभएका कारण हाम्रा पश्चिमका कति जिल्लाहरुमा वर्षैपिच्छे  झाडापखालाले  धेरै मानिसको ज्यान जानेगरेको छ । जापानमा त्यस्तो झाडापखालाले दुई महिनाभित्र झन्डै डेढ सय मानिस मर्न सम्भव छ ? मेरो बुझाइमा त्यो सम्भव छैन । म अहिले यसै कोणबाट हेर्दा नेपालमा राजधानीसम्म पैmलिइसकेको  कोरोना र यसबाट सम्भावित खतराबारे सोचेर आत्तिएको स्थितिमा छु । लकडाउन पछिको काठमाडौँको धुलोधुवाँ, भीडभाड र अझ यो कोचाकोचको संस्कृति मौलाउने अवसर पाएको सार्वजनिक यातायात । यो सबै कोरानाको लागि भालुलाई महको चाकाजस्तो नहोला र ?

चौतर्फी स्वास्थ्य चेतनाले सफा र स्वच्छ जापानमा त कोरानाले अप्रत्याशित रूपमा नोक्सान पार्न सक्ने सम्भावना देखेर त्यहाँका मानिसहरु सक्रिय हुन्छन् भने हाम्रो जस्तो चौतर्फी अस्वच्छता र प्रदूषणले भरिएको ठाउँमा जिम्मेवारहरुले सचेत हुनुपर्ने कि नपर्ने ?

चौतर्फी स्वास्थ्य चेतनाले सफा र स्वच्छ जापानमा त कोरानाले अप्रत्याशित रूपमा नोक्सान पार्न सक्ने सम्भावना देखेर त्यहाँका मानिसहरु सक्रिय हुन्छन् भने हाम्रो जस्तो चौतर्फी अस्वच्छता र प्रदूषणले भरिएको ठाउँमा जिम्मेवारहरुले सचेत हुनुपर्ने कि नपर्ने ?

मुलुकमा सरकार छ, मन्त्रालय र विभागहरु छन् । मन्त्रीहरु छन् । सचिवहरु छन् । सरकारी गैसरकारी अस्पतालहरु छन् । स्वास्थ्यकर्मीहरु छन् । प्रहरी र सेना छ । यी सबै भएर पनि यहाँ जनस्वास्थ्यका लागि स्वच्छता र सुरक्षाको अभियान कहाँ छ त ? जापान बसेर आउनुले पनि मेरा आँखा बढी अपेक्षाशील भएर बसेका छन् । राम्रो देख्ने, सुन्ने आतुरता छ । म नेपाललाई जापान बनाउनुपर्छ भन्दिनँ । जापानसँग जस्तो समुद्र नेपालसित छैन । नेपालसित जुन हिमाल छ, प्राकृतिक स्रोतसाधन र विविधता छ, त्यो जापानसँग छैन । नेपाल आफूसित धेरै कुरा भएर पनि गरिब छ । पीडित छ । जापान आफूसित धेरै कुरा नभएर पनि धनी छ । सम्पन्न छ । यो हामी सबैले देखेबुझेको तथ्य हो । जापानमा जस्तै आँधी हुरी, सुनामी र भूकम्प आइरहने हो भने यो यस्तो अवस्था भएको नेपालको हविगत अझ कस्तो हुँदो हो ? एकैछिन कल्पना गर्दा पनि कहाली लाग्छ । अनुमान गरौँ, नेपालका स्रोतसाधनविहीन बनाइएका गरिब गाउँबस्तीका साथै आजको अस्तव्यस्त अवस्थाको यस काठमाडौँभित्र मात्र त्यो प्राणघातक कोरानाका भाइरसहरु अझै बढी समुदायमा पसे भने अवस्था कस्तो होला ?

जनजनका लागि भ्याक्सिन उपलब्ध हुन करिब डेढ वर्ष लाग्ने अनुमान छ  । त्योभन्दा अगाडि हामीले प्राणघातक शत्रु भाइरससँग लड्न सिक्नुपर्छ । जोगिन सिक्नु पर्छ । धेरै उपायहरु त चीनले सिकायो । कोरोना पीडित पश्चिमी विश्वबाट पनि लिन सके धेरै जानकारी पाइएको छ । महामारीबाट बचाउका लागि हामीले अनिवार्य रूपाम निर्धारित नियमहरुको पालन गर्नुपर्छ । अहिले छिमेकी मुलुक इन्डियाले पनि आफ्ना बानीहरुमा सुधार गरेको छ । हामी सबैले बुझ्नु जरुरी छ । यो लामो समयको लडाइँ हो ।

मैले यस लेखमा जापानको थोरै दृष्टान्त दिन खोजेको छु, केही वर्ष जापानबस्दा मैले थाहा पाएसम्म जापानीहरु जन्मजात अनुशासित छन् । उनीहरु कानुन र नियम अति राम्रोसँग पालन गर्छन् । उनीहरु आफूले गर्दा अरूलाई असर पर्छ कि भन्ने कुरामा धेरै सचेत छन् । आफूले मार्क्स लगाउनु नेको आफ्ना लागि मात्र नभएर अरूको लागि पनि हो भन्ने जस्ता कुरा उनीहरु सजिलैसँग बुझ्छन् ।

मैले मिडियाबाट पाएका सामान्य जानकारी अनुसार अहिले जापानमा कोरोनाको बाबजुद पनि जनजीवनलाई सामान्य शैलीमा लानका लागि नियमसहित नयाँ मोडल ल्याएको रहेछ । कोराना भाइरससँगै बाँच्न र काम गर्न कसरी सम्भव छ भन्ने सम्बन्धमा जापानले प्रस्तुत गरेका कति  बुदाँहरु  हामीले  पनि अध्ययन मनन र अनुसरण गर्नुुपर्ने जस्तो महसुस गरेर यहाँ प्रस्तुत गरेको छु ।

–एक अर्कामा भौतिक, सामाजिक दूरी

–मास्क लगाउने

–हात पटक पटक धुने

–मानिसबीचको दूरी २ मिटर कायम गर्ने

–खेल खेल्दा पनि सकेसम्म आउटडोर खेल खेल्ने

–मुखामुख गरेर कसैसँग कुरा नगर्ने

–बाहिरबाट घर पुग्ने वित्तिकै हात मुख र लगाएको कपडा राम्रोसँग धुने ।

–कसैको हात समातेको खण्डमा तुरुन्त धोइहाल्ने ।

–अनलाइन सपिङ तथा विद्युतीय सपिङ गर्ने ।

–बजारमा राखिएका समानलाई हातले छोइ नहाल्ने ।

–सार्वजनिक सवारी साधनमा कसैसँग नबोल्ने ।

–सकेसम्म चार पाङ्ग्रे साधनमा अथवा खुट्टाले हिँडेर काम चलाउने ।

–किनमेलमा इलेट्रिक बिजनेस कार्डको मात्र प्रयोग गर्ने ।

–धेरै जनाको मिटिङ गर्दा अनलाइन भिडियो कनफेन्स् गर्ने

–जहाँ सड्क्रमित छन् त्यस्ता देशमा नजाने ।

–सकेसम्म घरबाटै काम गर्ने

–लामो दूरीको यात्रा इष्टमित्र साथीभाई कहाँ गइएको छ भने जाचबुझ नगरीकन घर नफकिर्ने ।

–केही लक्षण तपाईंमा देखियो भने कहाँ जानु भएको थियो र कसलाई भेट्नु भएको थियो भन्ने सम्झिने ।

–खाना खाँदा कसैको अगाडि बसेर नखाने । दायाँ बायाँ बसेर मात्र खाने ।

–खाना खाँदा कुरा नगर्ने,

–साग सब्जी बढी खाने ।

–खाना खाँदा धेरै जना जम्मा नहुने ।

–हावा पास नहुने ठाउँमा भेटघाट नगर्ने

–आफ्नो शरीरको तापक्रम र सिम्टम्स् दिनदिनै बिहान हेर्ने

–ट्वाइलेटको प्रयोगपछि कमोडको ढकन बन्द गर्ने

–साँगुरो ठाउँमा धेरै समय नबस्ने ।

हामीकहाँ जस्तो जुठो चोखो भन्ने चलन जापानमा छैन । सबैले सबैको जुठो खानु सामान्य मानिन्छ । साथीभाइको, घर परिवार, परिचित अपरिचित सबैको जुठो खानुलाई कुनै अनौठो मान्दैनन् । अझै भन्नुपर्दा म जापानमा छँदा यसरी एकले खाएको कुरा अर्कोले खानुलाई जुठो भनिन्छ भनेर पनि  मैले बुझाउन सकिनँ । किनकि उनीहरुलाई जुठो भन्ने शब्द नै थाहा नभएको जस्तो लाग्यो । उनीहरुको संस्कारमा परिवार, साथीभाइ जोसँग पनि सँगै बसेर खाँदा एउटै भाडाबाट सबैले आफूले खाइराखेकै चपस्टिकले निकलेर खाने गर्छन् । तर अहिले आएर जापानीहरुले बनाएको बुँदामा छुट्टाछुट्टै भाडामा पस्केर खानु भनेर उल्लेख गरेको भेटिएको छ ।

हामीकहाँ जस्तो जुठो चोखो भन्ने चलन जापानमा छैन । सबैले सबैको जुठो खानु सामान्य मानिन्छ । उनीहरुको संस्कारमा परिवार, साथीभाइ जोसँग पनि सँगै बसेर खाँदा एउटै भाडाबाट सबैले आफूले खाइराखेकै चपस्टिकले निकलेर खाने गर्छन् । तर अहिले आएर जापानीहरुले बनाएको बुँदामा छुट्टाछुट्टै भाडामा पस्केर खानु भनेर उल्लेख गरेको भेटिएको छ ।

माथिका बुँदाहरु पढ्दा मैले के देखेँ भने खाना खाँदा नबोल्नु, ठीक आमने सामने बसेर नखानु,  ठीक अगाडि उभिएर नजिकै भएर कुरा नगर्नु । माछामासुभन्दा सागसब्जी धरै खानु । घरमा नै बनेको खाना खानु, अरूको जुठो नखानु, भन्ने जस्ता हाम्रा सनातनीहरुमा चलेको स्वास्थ्यसम्बन्धी नियम अहिले जापानले पनि उपयुक्त ठहर्‍याएको पाइयो । धेरैभन्दा धेरै  नियमहरु अहिले एक एक गरेर सादर्भिक बन्दै आएको पाइयो ।

अहिले कोरोना भाइरसबाट बच्ने उपायबारे विश्वका सबैजसो मुलुकहरुले बनाएका नियमहरुमा धेरै समानता देखिएको छ । यसअघि विश्वका सबै देशहरुले आआफ्नो देशको संस्कार र संस्कृति अनुरूप काम गर्दै आएका थिए । तर यो कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ । विभिन्न जनावर र पशुपन्छीहरुको मासु खान नहुने, जनावरहरुलाई घरभित्र पस्न दिन नहुने, जुत्ता चप्पल लगाएर घरभित्र पस्न नहुने, अरूले लगाएको लुगा लगाउन नहुने, हात मुख पुछ्दा साझा रुमाल प्रयोग गर्न नहुने, भेट हुँदा  आपसमा अभिवादन गर्नु पर्दा अङ्कमाल चुम्बन गर्न नहुने, नमस्ते गर्नुपर्ने लगायतका पहिले हाम्रा सनातनीहरुले उपयोगमा लिएका स्वास्थ्यसम्बन्धी नियम समयअनुकुल स्वास्थ्यकर मानेर विश्वका विभिन्न मुलुकहरुले  अपनाउन थालेको पाइएको  छ । संस्कृतिका क्षेत्रमा आपसी आदान प्रदानका दृष्टिले यो राम्रो र प्रसंशनीय कुरा पनि हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.