बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो

मङ्गलबार, ०६ असोज २०७७, ०० : ०६
मङ्गलबार, ०६ असोज २०७७

एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ । सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप