केन्द्रीय संस्करण

‘बेलायतमा जटिल अवस्था आउनसक्ने चेतावनी’

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

एजेन्सी । बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् ।   महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका हुन् ।

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ ।  दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरुको सङ्ख्यामा बृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ ।

त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिए ।  उनले भने, “अन्य देशहरुको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुनेहरुको संख्या धेरै बृद्धि हुँदै जाने देखिएको छ ।” 

उनले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पु¥याउन सहयोग पुर्याउने चिन्ता पनि व्यक्त गरे । चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.