शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरीको कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको उद्धार

सोमबार, ०५ असोज २०७७, १८ : २१
सोमबार, ०५ असोज २०७७

कास्कीको पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा सोमबार हावाहुरीको कारण अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्वार गरेको छ ।

 सोही महानगरपालिकाको वडा नं. २२ बस्ने ३० वर्षीय हर्कबहादुर वि.क. र ३५ वर्षीय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेको थियो ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप