बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘रेड वाईन’ मा पल र साम्राज्ञी

सोमबार, ०५ असोज २०७७, १७ : ४५
सोमबार, ०५ असोज २०७७

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म हो । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए । निर्देशनमा भने पौडेलेको यो डेब्यु फिल्म हो ।

अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म बिशुद्द प्रेमकथामा निर्माण हुन लागेको हो । यसै फिल्ममार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन् । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ । 
फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दिप क्षेत्री र  अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह निर्मातामा निरू भण्डारी हुन् । आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र सम्वाद सबिर श्रेष्ठले लेखेका छन् ।  दशैं र तिहारको बीचमा फिल्मको पुरै छायाँकन अमेरिकामा हुने बताइएको छ । तस्बिर: बिनोद पोखरेल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप