आगामी ४ दिन मुलुकका अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह
सोमबार, ०५ असोज २०७७, १६ : ३६

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी ४ दिन मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएकोले सबैलाई सतर्क रहन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले वर्षापछि जाने बाढी पहिरो र डुबानसहित हावाहुरी र चट्याङ पर्ने सम्भावना समेत देखिएकोले सबैलाई सतर्क रहन आग्रह गरेको हो ।
साथै बस्ती नजिकै बाढी, पहिरो, डुबान र कटानको जोखिमको आंकलन गरी नजिकैका सुरक्षाकर्मी एवम् स्थानीय तहसँग समन्वय गरी सुरक्षित स्थानमा बस्न समेत प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै कुनै विपत्ति आइलागेमा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गर्न समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै