बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी ४ दिन मुलुकका अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह

सोमबार, ०५ असोज २०७७, १६ : ३६
सोमबार, ०५ असोज २०७७

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी ४ दिन मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएकोले सबैलाई सतर्क रहन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले वर्षापछि जाने बाढी पहिरो र डुबानसहित हावाहुरी र चट्याङ पर्ने सम्भावना समेत देखिएकोले सबैलाई सतर्क  रहन आग्रह गरेको हो ।

साथै बस्ती नजिकै बाढी, पहिरो, डुबान र कटानको जोखिमको आंकलन गरी नजिकैका सुरक्षाकर्मी एवम् स्थानीय तहसँग समन्वय गरी सुरक्षित स्थानमा बस्न समेत प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै कुनै विपत्ति आइलागेमा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गर्न समेत आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप