केन्द्रीय संस्करण
समाचार

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार बितको २४ घण्टामा  हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । 

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । 

यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४२७ पुगेको गौतमले जानकारी दिए । 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.