शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हवाइ उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

सोमबार, ०५ असोज २०७७, १६ : ०२
सोमबार, ०५ असोज २०७७

लामो समयदेखि बन्द आन्तरिक हवाइ उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । .कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाइ सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन् । सरकारले गत चैत ११ गतेबाट देशभरी लकडाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो ।

 ४ महिना लामो लकडाउन खुलेपनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । असोज ५ गतेबाट हवाई सेवा सुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरुको छ । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताए । तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उनले आपत्ति जनाए ।  त्यसले पर्यटन क्षत्रेलाई नभएर एक, दुई जना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उनले बताए । 

अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभएपनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताए । 
कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना सँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताए । पर्यटकीय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके २ वर्षभित्रमा लक डाउन अघिकै अवस्थामा पुग्न सकिने उनले बताए । 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गते देखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ ।

बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई  घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनी मध्ये ८ वटाले आजबाट सेवा सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप